TodayPati

मधेश प्रदेश : होटेलमा एक युवक मृत फेला

टुडेपाटी-
रौतहट, पुस ६ गते ।

रौतहटको गौर स्थित एक होटलमा एक भारतीय मृत फेला परेका छन् ।

गौर नगरपालिका वडा नं.५ स्थित रहेको होटेल कृष्ण इनमा बिहारको सितामढी बैरगनिया घर भएका कपडा व्यापारी रामदेव गाडीयाका छोरा ३५ वर्षीय प्रवीण गाडिया मृत फेला परेका हुन् ।

Sponsored

बुधबार होटेलको कोठा नम्बर २०९ मा सुतिरहेको अवस्था उनी मृत फेला परेको रौतहट प्रहरीले जनाएको छ ।

अत्यधिक नसालु पदार्थ सेवनबाट गाडीयाको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *