TodayPati

मधेश प्रदेश : करिब एक क्विन्टल गाँजासहित तीनजना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, मंसिर २५ गते ।

प्रहरीले प्रतिबन्धीत लागूऔषध गाँजासहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहा र ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटेको प्रहरीको संयुक्त टोलीले धनगढीमाई नगरपालिका १२ कुस्माहा खुट्टी खोला स्थित ९२ किलो गाँजासहित तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका ४ बस्ने ४४ वर्षीय शिव नाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तारीको बोदेबर्साईन नगरपालिका ९ बस्ने ४८ वर्षीय राम कुमार साह रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *