मधेश प्रदेश : नै लाखभन्दा बढी अवैध रुपैयाँसहित एकजना पक्राउ
टुडेपाटी–
रौतहट, असोज २७ गते ।
प्रहरीले रौतहटबाट एकजनालाई नौ लाखभन्दा बाढी अवैध रुपैयाँसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया–६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन ।
भगतको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए । बुधबार दिउँसो जिल्ला प्रहरीबाट खटिएको प्रहरी गस्ती टोलीले गौर १ ट्रसमिटर चोकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रुपैयाँ फेला परेको प्रवक्ता मल्लले जानकारी दिए ।
बरामद रुपैयाँ र मोटरसाइकलसहित राज कुमार भगतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Sponsored