मधेश प्रदेश : चोरी र सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
टुडेपाटी–
जनकपुरधाम, भदौ २८ गते ।
सप्तरीमा दुईवटा मुद्दामा फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् । चोरी मुद्दामा राजविराज नगरपालिका ६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर पक्राउ परेका छन् ।
सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको छ ।
यस्तै चोरी मुद्दामा जिल्ला अदालतबाट २०७८ चैत १४ गते पाँच महिना कैद र पाँच हजार जरिवाना ठहर भएको थियो।
आरोपितले २०७७ कात्तिक १९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी बस्ने ३१ वर्षीय झौली कामैतको घरबाट खसी चोरेका थिए।
यस्तै सवारी ज्यान मुद्दामा फरार रहेका सुरुङगा नगरपालिका २ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई पनि पक्राउ परेका छन् ।
Sponsored
२०७५ चैत ३ मा अदालतले दाहाललाई एक महिना १५ दिन कैद ठहर गरेको थियो।