बसको ठक्करबाट धनुषामा एक बालकको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, भदौ २ गते
बसको ठक्करबाट धनुषामा एक बाललको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका वडा नं. २ का १३ वर्षीय विशाल दास रहेका छन् ।
जनकपुरधामबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
बिहीबार दिउँसो जनकपुरधाम–ढल्केबर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिज स्थित हजराचौकमा साईकलमा सवार बालकलाई बसले ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते बालकको उपचारको क्रममा जाकपुर स्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।
बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
Sponsored
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरीले जनाएको छ ।