नागरिकता दुरुपयोग गर्ने तीनजना पक्राउ
टुडेपाटी-
काठमाडौं, भदौ २ गते ।
हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ का २८ वर्षीय सुरेश भन्ने प्रदीप कर्माचार्य, मुगुको खत्याड गाउँपालिका-११ घर भई बुढानीलकण्ठ नगरपालिका-२ बस्ने २४ वर्षीय विशाल कार्की र खत्याड गाउँपालिका-८का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् ।
काठमाडौंको ज्ञानेश्वरमा अफिस खोलेर ठगी कार्यमा संलग्न उनीहरुलाई विभिन्न स्थानबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सुरेश भन्ने प्रदीप कर्मचार्य कम्पनीको सिईओ, विशाल कार्की बैंकमा निरणज पाण्डेको नाममा खाता खोल्ने व्यक्ति र रामकृष्ण रावत कम्पनीको सहजकर्ताको रुपमा रहेर नागकरिताको दुरूपयोग गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Sponsored