TodayPati

सर्लाहीका एक किशोरमा पीसीआर रिपोर्ट नेगेटिभ

टुडेपाटी-
सर्लाही, वैशाख ८ गते ।
सर्लाहीमा कोरोना भाइरसको आरडीटी रिपोर्ट पोजेटिभ देखिएका एक किशोरको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सर्लाहीको धनकौल गाउँपालिकाका १४ वर्षीय किशोरमा पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको जनाएको छ । गएको चैत २३ गते छिमेकी मुलुक भारतको दिल्लीबाट आएर धनकौल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका उनको शुक्रबार र्‍यापिड डाइग्नोस्टिक टेस्टमा एन्टिबडी पोजिटिभ देखिएको थियो ।

बालकसँगै क्वारेन्टाइनमा बसेका सोही स्थानका अर्का एक पुरुषको भने आरडिटी टेस्ट नेगेटिभ आएको थियो। लगत्तै दुवै जनालाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना गरिएको थियो । उनीहरु दुवैको स्वाब संकलन गरी काठमाडौं लगिएको थियो। उनको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि धनकौलमा त्रास फैलिएको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *