TodayPati

‘बेटी पढाउ बेटी बचाऊ’ अभियान अन्तर्गत खरिद गरिएको साइकल प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

टुडेपाटी–
जनकपुरधाम, साउन १८ गते ।

मधेश प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत खरिद गरिएको साइकल प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलिप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Sponsored

मधेश सरकारले दुई चरणमा गरी २७ हजार साइकल खरिद गरेर वितरण गरेको थियो । एक चरणमा १० र अर्को चरणमा १७ हजार साइकल खरिद गरेर वितरण गरिएको थियो ।

१७ हजार साइकल खरिद गर्दा तोकिएको ब्रान्डलाई छाडेर ब्रान्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

यसअघि अख्तियारको बर्दिबास कार्यालय प्रमुखले पहिलो चरणमा भ्रष्टाचार भएको बताएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *