मधेश प्रदेश : करेन्ट लागेर एकजनाको मृत्यु
टुडेपाटी–
सर्लाही, साउन १३ गते ।
सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
शुक्रवार विहान करिब ९ बजेको समयमा पर्सा गाउँपालिका ६ दक्षिणबारी टोल बस्ने ४५ वर्षीय सुबोध झाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आफ्नै घरको पानी तान्ने मोटर जोडने क्रममा करेण्ट लागेर घाईते भएका झालाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवामा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Sponsored