सप्तरीमा कुटपिट भइरहेका छोरालाई बचाउन जाँदा आमाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, असार ३१ गते ।
सप्तरीमा कुटपिट भइरहेका छोरालाई बचाउन जाँदा आमाको मृत्यु भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ प्रवाहापट्टीटोल बस्ने ६० वर्षीया जिरा देवी मण्डलको कुटपिटबाट मृत्यु भएको छ ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेका अनुसार उनका छोरा २६ वर्षीय मनोज मण्डल बिहीबार राति साढे १० बजे साईकलमा मल लिएर घर आउँदै गर्दा एक बालकको जिउमा छोइएपछि विपाद भएको थियो ।
सोही विषयलाई लिएर कुटाकुट हुँदा जिरा देवी
छोरालई बचाउन पुगेकी थिइन् । त्यस क्रममा उनीमाथि समेत कुटपिट हुँदा गम्भी घाइते भएकी थिइन् । उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी काफ्लेले बताए ।
कुटपिट गर्ने व्यक्तिहरुको पहिचान गरी खोजतलाश कार्य जारी रहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored