भिठामोड नाकामा खुलेआम धम्काएर घुस असुल्छन् भन्सारका कर्मचारी
टुडेपाटी-
जनकपुरधाम, असार २७ गते ।
नेपाल भारत सीमाको महोत्तरी स्थित भिठामोड नाकामा भन्सारका कर्मचारीले खुलेआम धाकधम्की दिँदै घुस असुली गर्ने गरेको पाइएको छ । भन्सार कार्यालय जलेश्वर भिठामोडमा कार्यरत्त कार्यालय सहयोगी विजय मण्डलले आउजाउ गर्ने सवारीसाधनबाट खुलेआम धाकधम्कीसहित घुस असुल गर्ने गरेको पाइएको हो ।
शनिबार बिहान ६ बजे उनले नेपालबाट भारत तर्फ जाँदै गरेको चारवटा छुट्टाछुट्टै विवाहको रथ तथा डिजे गाडीका साहुसंग कार्यालय सयोगमी मण्डलले धम्काएर ५ सयदेखि २ हजार रुपैयाँसम्म घुस लिएका थिए । त्यहाँ उपस्थित संचारकर्मीले यो वृतान्त देखेपछि कर्मचारी मण्डलाई परिचय दिँदै के को पैसा यसरी असुल्नु भयो ? बिल खै दिनु भयो भनेर प्रश्न गर्दा उनी झस्किएका थिए । उनले आफूले सटापट्टाको रकम लिएको र घुस नलिएको जिकिर गरे ।
,हाम्रो सट्टापट्टा चल्छ ।, उनले जवाफ दिए ।
कस्तो सट्टापट्टा ? संचारकर्मीको प्रश्नमा उनले त्यहाँबाट जवाफ नदिँदै हिड्न खोजे । संचारकर्मीले प्रश्न गरिरहँदा उनले आफूहरुको लेनदेन हुने गरेको र त्यो कुरा तपाईहरु नबुझ्ने भन्दै पन्छिए ।
१५ मिनेटको अन्तरालमा कर्मचारी मण्डलले रथसहित अन्य सवारीसाधनबाट झण्डै ५ हजार रुपैयाँ अनाधिकृत तवरबाट घुस असुलेका थिए । यसरी नै दिनहु उनले भारतीय तथा नेपाली सवारीसाधन चालक तथा धनीसंग गाडी हेरि हेरी धम्कीपूर्व भाषामा घुस असुली गर्ने गरेको स्थानीयले बताए ।
Sponsored