TodayPati

मधेश प्रदेश : चट्याङ लागेर २१ वर्षीय युवकको मृत्यु

टुडेपाटी–
बारा, असार १७ गते ।

बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

शुक्रवार दिउँसो चट्याङ लागेर जिल्लाको सुवर्ण गाउँपालिका वडा नंं. ७ का २१ वर्षीय धीरज कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

Sponsored

खेतमा काम गर्न गएको बेला पानी सँगै परेको चट्याङले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै २८ वर्षीय नेतालाल पँडित र ८ वर्षीया बालिका कुमारी यादव घाईते भएको बाराका डिएसपी राजेश थापाले बताए।

उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *