मधेश प्रदेश : ८ महिने शिशु मृत फेला, आमा अचेत अवस्थामा
टुडेपाटी–
सर्लाही, असार १७ गते ।
सर्लाहीको लालबन्दीमा ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन् । यस्तै उनकी आमा भने बेहोस अवस्थामा भेटिएको सर्लाही प्रहरीले जनाएको छ ।
जिल्लाको लालबन्दी नगरपालिका १७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका ५ नरेशपुरकी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा परेका थिए ।
प्रहरीले दुबैजनालाई उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लगेपछि चिकित्सकले बच्चाको मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले बताए ।
उनका अनुसार बच्चाको मृत्यु भइसकेको छ भने आमा अझै बेहोस् छिन् ।
घट्नास्थलबाट प्रहरीले राइनो–५०० र लिपर लेखिएको बिषादीको बट्टा फेला परेको जनाएको छ ।
Sponsored