मटिहानीमा सामुदायिक कुकुरहरुलाई नगरपालिकाले लगायो रेबिज बिरुद्धको भ्याक्सिन
टुडेपाटी–
जनकपुरधाम, असार १० गते ।
महोत्तरीको मटिहानी नगरपालिकाले नगरभित्र रहेको १ सय सामुदायिक कुकुरहरुलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाएको छ ।
नगरपालिकाले द जेन गोडाल इन्स्टिच्युट नेपालको प्राविधिक सहयोगमा विभिन्न वडामा रहेको करिब १ सय कुकुरहरुको बन्ध्याकरण गरी रेबिज विरुद्धको भ्याक्सिन लगाएको छ ।
नगरपालिकाले यस वापत परेको खर्च आफैले बेहोरोको प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्माले जानकारी दिए ।