TodayPati

मधेश प्रदेश : दाईको हत्या गरेको आरोपमा सहोदर भाई सहित दु्ई जना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, असार १० गते ।

सर्लाहीमा २४ वर्षीय युवकको हत्या गरेको आरोपमा मृतकका सहोदर भाई सहित दुई जना पत्राmउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको कविलासी ८ का मृतकका भाई करिब २०÷२१ वर्षीय अमरकान्त ठाकुर र रुपेश कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

मंगलबार बिहान सर्लाहीको कबिलासी नगरपालिका ८ अर्गवा स्थित अर्गवा चौकबाट पश्चिम सलेमपुर नहर जाने कच्ची सडकको नजिकमा रहेको कुलोमा स्थानीय २४ वर्षीय अमरेन्द्र ठाकुरको शव फेला परेको थियो । युवकको घाँटी धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको थियो ।

यस घटनाको अनुसन्धानको क्रममा नेपाल प्रहरीले कुकुर सहितको टोलीले घटनास्थलको अवलोकन, घटनास्थल वरपरका स्थानीय मानिसहरु तथा घटना सम्बन्धी देख्ने, सुनी बुझी प्रविधियूक्त बिश्लेषण गर्दा घटनामा मृतकको सहोदर भाईकै संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतकका भाई र भाईको साथीलाई नियन्त्रणमा लिएर सोधपुछ तथा थप अनुसन्धान गर्दा घटनाभन्दा एकदिन पूर्व अमरेन्द्र र अमरकान्तबीच बाद–बिवाद भएको खुलेको हो । बादविवादपछि अमरकान्तले आफ्नो साथी रुपेशसँग मिलेर दाईलाई मार्नु पर्छ भनि योजना बनाई राति करिव ८ बजे अमरेन्द्रलाई खानपिनको व्यबस्था छ भनि टेलीफोन मार्फत बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको प्रवक्ता बुढाथोकीले बताए ।

Sponsored

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *