नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा यो नगरपालिकामा भोलि सार्वजनिक विदा !
टुडेपाटी–
जनकपुरधाम, असार ९ गते ।
बागमती प्रदेशको एक स्थानीय तहले नगरसभा सम्पन्न गरेको उपलक्ष्यमा नगरमा सार्वजनिक बिदा दिएको छ ।
बागमती प्रदेशको बाह्रबिसे नगरपालिकाले बिहिवार ११ औं नगरसभा सपफलतापूर्वक सम्पन्न गरेको भन्दै शुक्रवार नगरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले एक सूचना जारी गर्दै शुक्रवार नगरपालिका एवं नगर अन्तर्गत रहेको सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।