TodayPati

सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई प्रहरीले गरे उद्धार

टुडेपाटी-
सप्तरी, जेठ १९ गते ।

सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई प्रहरीले जिवितै उद्धार गर्न सफल भएको छ ।

झापाको कमल गाउँपालिका ५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट बुधबार बेलुका सवा ७ बजे नदीमा हाम फालेका थिए ।

Sponsored

उनलाई तत्कालै उद्धार गर्न सफल भएको सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

उनका अनुसार झापाको कमल गाउँपालिका(५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट नदीमा हाम फालेका थिए ।

उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीको सहयोगमा उद्धार गरेको हो ।

Sponsored

उद्धार गरी लिम्बुलाई सम्झाइ बुझाइ घर पठाइएको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *