सप्तरीबाट चार किलो चाँदीको गरगहनासहित एक युवक पक्राउ
टुडेपाटी-
सप्तरी, जेठ १७ गते ।
सप्तरीबाट चाँदीको चार किलो गरगहनासहति एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत ११ कामट टोल बस्ने २२ वर्षीय बशिष्ठ चौधरी रहेका छन् ।
उनलाई सशस्त्र प्रहरी बलको विओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका ९ स्थित इँटा भट्टा नजिकबाट पक्राउ गरेको हो ।
चौधरीको साथबाट ४ किलो चाँदीको तयारी २८ जोडी पाउजु बरामद गरिएको सशस्त्र सीमा सुरक्षाबलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए ।
बरामद चाँदीको गरगहना नेपाली ४ लाख ३८ हजार ९५७ रुपैयाँ बराबरको हो ।
Sponsored
कम्मरमा लुकाएर ल्याउदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।