TodayPati

मधेश प्रदेश : विहेमा नबोलाउँदा बुहारीले यसरी गराइन् ससुरा र देवरको हत्या !

टुडेपाटी-
जनकपुरधाम, जेठ १७ गते ।

सिरहामा बुबा छोराको हत्या बुहारीले नै गराएको रहस्य खुलेको छ । सिरहाको अर्नामा गाउँपालिका १ महनौर बस्ने ६० वर्षीय लुचाई भन्ने चन्देश्वर पाल र उनका छोरा १९ वर्षीय सन्त कुमार पालको हत्या साहिली बुहारी २६ वर्षीया शान्ति देवीले गराएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले शान्ति, गोलबजार नगरपालिका ६५ वर्षीय बेचु पाल र अर्नामा गाउँपालिका १ बस्ने ४८ वर्षीय जानिफ मियाँलाई पक्राउ गरेको छ ।

Sponsored

बुबा छोराको हत्यामा प्रयोग भएको खुकुरी, झोला, खुकुरी बेरेर राखेको लुंगी लगायतको समान समेत प्रहरीले बरामद गरेर तीनैजनालाई मंगलबार सार्वजनिक गरेको हो ।
उनीहरीमाथि कर्तव्यज्यान मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मृतक सन्त पालको जेठ ११ गते मोरगं जिल्ला बस्ने युवतीसँग बिबाह तय भएको थियो । शान्तिका पति वैदेशिक रोजगारीमा छन् । शान्तिको घरपरिवारसंग सम्बन्ध ठीक नरहेको कारण गोलबजारमा डेरा गरी बस्दै आएकी छन् । देवर सन्तको विवाहमा शान्तिलाई निम्ता थिएन । प्रहरीका अनुसार जेठ ११ गते तय भएको देवर सन्तको बिहेमा ससुरा चन्देश्वरले बुहारी शान्तिलाई नआउन भनेका थिए ।

“तिमी आउनु पर्दैन, तिम्रो चरित्र राम्रो छैन, तिमी बिहेमा आयौ भने छिमेकीहरु हाम्रो घरमा आउँदैनन् त्यसैले तिमी बिहेमा नआउनु तिम्रो बच्चाहरुलाई मात्र पठाउनु” । चन्देश्वरले बुहारी शान्तिलाई भनेका थिए । सासुसुराले शान्तिलाई अंश समेत नदिएको कारण उनी क्रुद्ध थिइन् ।

Sponsored

सिरहा प्रहरीका अनुसार पहिलाको पारिवारिक रिसिइवी र विहेमा निम्ता नदिएको रिसमा शान्तिले विहेको मुखमा जेठ पहिलो साता ससुरा र देवरको हत्या गाराउने योजना बुनिन् । जानिफ मियाँ र बेचु पालसंग सासु देवरको हत्याको योजना बनाइन् । बेचुको छोराको विवाह पनि पहिला सन्तको विवाह हुने वेहुलीसंग तय थियो ।

तर उनकै छोराले नमान्दा विहे टलेको थियो । सोही कारण मृतक चन्देश्वरसंग वेचुले रिस पालेका थिए । शान्तिका पति विदेश जाने बेला श्रीमतीलाई केहि समस्या परे हेरबिचार गरिदिनु भनेर जानिफ मियाँलाई जिम्मेवारी सुम्पेका थिए । तीनै जनाको सल्लाहले शान्ति आफ्ना ससुरा र देवरलाई हत्या गर्ने निष्कर्षमा पुगिन् । शान्तिले सासुरा देवरको हत्या गराउन जानिफ मियाँ र बेचु पाललाई ५० हजार रुपैयाँको सुपारी दिने वचन दिइन् । हत्या गरेपछि पछि पैसा दिने शान्तिले भनेकी थिइन् ।

११ गते विहे रहेकोमा ७ गते राती नै सो घटना गर्न चन्देश्वरकै घर छेउमा रहेको राजदेवी मन्दिरमा बेचु र जानिफ भेट्ने योजना थियो । हत्या गर्नको लागि जानिफ बन्चरो र बेचुले खुकुरी लिएर जाने तय भएको थियो । बेचु झोलामा खुकुरी लिएर मन्दिरमा पुगे । तर जानिफ पुगेनन् । सो घटना एकलै बेचुे नै गर्ने मनसाय बनाए ।

मध्य रातिसम्म चन्देश्वरको घरमा महिलाहरुले विवाह गीत गाइरहँदा बेचु केहिबेर मन्दिरमा आराम गरे । गीत बन्द भएपछि बेचु चन्देश्वरको घर तिर लम्के । घरमा पुगेर पहिला गोठमा सुतिरहेका चन्देश्वरलाई गर्धनसहित शरीरको विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरे । त्यसपछि छोरा सन्त पाल सुतिरहेको कोठामा पुगेर खुकुरीले विभिन्न भागमा प्रहार गरी हत्या गरे । कोठामा बाहिरबाट चुकुल लगाई पुनः मन्दिरमा फर्के । राम्रोसंग हातमुख धोइ फर्केको घटनोको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो घटना राति २ बजे सन्तकी आमाले पहिला थाहा पाइन् । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले तालिम प्राप्त कुकुरसहितको टोलिले घटनास्थलको अनुसन्धान गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *