मधेश प्रदेश : चुनावमा असहयोग गरेको बदलामा छिमेकका ५ वर्षीय बालकमाथि यस्तो कुकर्म !
टुडेपाटी-
जनकपुरधाम, जेठ ८ गते ।
भर्खरै सम्पन्न चुनावमा असहयोग गरेको निहुमा छिमेकका एक ५ वर्षीय बालकमाथि अप्राकृतिक यौन शोषण भएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ९ बस्ने एक ५ वर्षीय बालकमाथि छिमेकले अप्राकृतिक यौन शोषण भएको हो ।
आइतबार दिउँसो साढे ४ बजे बालक शौचालय गएको बेला यस्थतो घटना भएको पीडित परिवारजनले बताएका छन् ।
अप्रकृतिक यौनशोषणले बालक घाइते भएका छन् । बालकको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सो घटना घटाएको आरोपमा स्थानीय २० वर्षी चन्दन यादवलाई प्रहरीले पक्राउ गरेको छ । युवकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
Sponsored
पक्राउ परेका युवक मिथिला बिहारी वडा नं. ९ मा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित विन्देश्वर यावदका सहयोगी रहेको बालकका बुबाको आरोप छ ।
अप्राकृति घटना पश्चात बालक घर पुगेर अभिभावकलाई जानकारी गराएका थिए । लगतै आरोपीलाई पक्राउ गर्न पुगेपछि बालकका बुबामाथि पनि वडाध्यक्षका सहयोगीहरुले हातपात गरेको गरेको स्थानीयले बताएका छन् ।
वडाध्यक्षका सहयोगी राजकिशोर यादव, पुरण यादव र भजन यादवले आफूमाथि कुटपिट गरेको बालकको बुबाको आरोप छ ।
उनका अनुसार चुनाव अघि नै वडाध्यक्षमा निर्वाचित विन्देश्वर यादवले आफूलाई सघाउन आग्रह गरेका थिए । सहयोग नगरे जितेपछि कुनै घटना घटाइदिने धम्की दिएका थिए ।
धम्की अनुसार नै जितेपछि आफ्ना छोरामाथि अमानवीय क्रियाकलाप गराएको बालकका बुबाले दुखेसो पोखे ।
पक्राउ परेका युवकमाथि बालयौन दुराचार मुद्दा दर्ता गरी कारबाही गरिने डिएसपी क्षेत्रीले जानकारी दिए ।