मधेश प्रदेश : निर्वाचित वडा सदस्यको निधन
टुडेपाटी–
सप्तरी, जेठ ६ गते ।
सप्तरीमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकी एक जनप्रतिनिधिको मृत्यु भएको छ ।
सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ ।
सुतिहार सुतेकै अवस्थामा शुक्रवार बिहान मृत अवस्थामा फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए ।
मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए । खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ ।
जनता समाजवादी पार्टीको तर्फबाट विजयी सुतिहार वडा सदस्यमा ४७४ मत ल्याएका थिए ।
Sponsored