TodayPati

मधेशका मुख्यमन्त्री राउतका दुई स्वकीय सचिव पनि चुनावमा पराजित, एकको जमानत जफत

टुडेपाटी-
जनकपुरधाम, जेठ ६ गते ।

चुनवामा उठेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका श्रीमती जलेखा खातुन मात्र होन् उनका दुई स्वकीय सचिव पनि चुनावमा हारेका छन् ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव दीपक यादव र स्वकीय सचिव पशुपति यादव पालिका प्रमुखमा पराजित भएका छन् । दुबैजना चुनाव लड्न पदबाट राजिनामा दिएर उम्मेदवार बनेका थिउ ।

Sponsored

पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा उठेका दिपकले जमानत समेत बचाउन सकेनन् ।

सो पालिकामा नेपाली काँग्रेसका दिनेश कुमार चौधरी ५ हजार १४४ मत ल्याएर निर्वाचित हुँदा चौथो नम्बबरमा दीपकले मात्र ४६९ मत ल्यान सके ।

त्यस्तै धनुषाको कमला नगरपालिकाको मेयरमा उठेका पशुपति कांग्रेस उम्मेदवार विशेश्वर प्रसाद यादवबाट एकहजार भन्दा बढी मतले पराजित भए ।

Sponsored

विशेश्वर ३८८७ मत ल्याएर विजयी हुँदा दोश्रो नम्बरमा पशुपति २८५९ मतमा सिमित भएर पराजय बेहोरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *