मधेश प्रदेश : ट्याक्टर पल्टिँदा इन्जिनमा च्यापेर चालकको मृत्यु
टुडेपाटी-
सप्तरी, बैशाख २५ गते ।
सप्तरीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
शनिबार राती करिब पौने ९ बजे जिल्लाको बोदेबर्साईन नगरपालिका वडा नं. ७ मुसहरी टोल स्थित भित्री खेतमा जाने बाटोको धामिथान सुखापोखरीको ट्याक्टर पल्टिँदा सोही वडाको मुसहरी टोल बस्ने १९ वर्षीय शिव पौदारको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार पोखरी डिलमा प्र.२-०१-००१ त. २००१ ट्रेक्टर आफै अनियन्त्रित भई पोखरीमा पल्टन जादा ट्रेक्टर चालकको मृत्यु भएको हो ।
ट्याक्टर चालक पौदारको ट्याक्टरको ईन्जिनले चेपी घट्नास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored