TodayPati

जसपाको युवा नेता नविन यादव लेनदेन मुद्दामा कारागार चलान

टुडेपाटी–
जनकपुरधाम, चैत १७ गते ।

लेनदेन मुद्दामा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य नविनकुमार यादव कारागार चलान भएका छन् ।

यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा सिन्धुली कारागार पठाइएको छ ।

Sponsored

यादवलाई एक वर्ष कैद वा ५ लाख रुपैयाँ विगो सहितको माग गर्दै लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतमा मुद्दा परेपछि केही दिनअघि पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले विगो सहितको रकम नतिरेपछि यादवलाई अदालतले एक वर्षका लागि जेलचलान गर्ने फैसला सुनाएको जानकारी दिए ।

यादव यसअघि पनि जनकपुरधामको एक क्याफेमा महिलासँग दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *