TodayPati

लाइसेन्सधारी हतियार बुझाउन धनुषा प्रशासनको अनुरोध, नबुझाउनेलाई कारबाही हुने


टुडेपाटी-

जनकपुरधाम, चैत ११ गते ।


जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीय चुनावमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।

Sponsored

आगामी वैशाख ३० गते हुने निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हतियारहरु चैत मसान्तसम्म बुझाउन आग्रह गरेको हो ।

त्यस्ता हतियार निर्वाचन अवधिसम्मका लागि नजिकको प्रहरी इकाईमा बुझाउन सम्बन्धित हतियारधनीमा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक सूचना जारी गर्दै आग्रह गरेका हुन् ।

निर्वाचन सम्पन्न पश्चात सो हतियारहरु सम्बन्धित धनीले फिर्ता प्राप्त गर्न सक्ने उनले बताए । सूचनाको बर्खििलाप गरे कानुन बमोजिम कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *