म्यादी प्रहरीको जागिरका लागि जिल्ला प्रहरी अगाडी भिड
टुडेपाटी-
जनकपुरधाम, चैत ६ ।
जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी म्यादी प्रहरीको भर्नाका लागि आवेदन दिनेहरुको भिड लागेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले आह्वान गरेको म्यादी प्रहरीको भर्नाका लागि पहिलो दिन देखि नै जिल्ला प्रहरी कार्यालय अगाडी भिड लागेको छ ।
धनुषामा कुल १८ वटा स्थानीय तह रहेको छ । एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका । यसका लािग धनुषामा ३ हजार भन्दा बढी म्यादी प्रहरी माग गरिएको छ ।
आवेदन दिन पुग्नेहरुमध्ये अधिकांश पुरुष नै रहेका छन् । महिलाको संख्या न्यून रहेको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले धनुषामा कुल ३ हजार ४ सय ८६ जना म्यादी प्रहरीको कोटा रहेको बताए । म्यादी प्रहरीमा महिला र पुरुषको कोटा नछुट्याएको भन्दै उनले आवेदनको आधारमा भर्ना गरिने बताए ।
Sponsored
म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष ननाघेको नेपाली नागरिकको दरखास्त माग गरेको हो । म्यादी भर्नाको आवेदन चैत ६ गते देखि ११ गतेसम्मको समय दिइएको हो ।
आवेदन दिएकाहरुको छनोट चैत १५ देखि हुनेछ भने अन्तिम नतिजा चैत २२ गते प्रकाशित गरि २८ देखि प्रशिक्षण सुरु गर्नेछ ।