स्रोत नखुलेको पौने १९ लाख रकम सहित भारतीय नागरिक पक्राउ
टुडेपाटी-
रौतहट, फागुन २७ गते ।
स्रोत नखुलेको करिब पौने १९ लाख रकम सहित रौतहटबाट भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ल्ला महंगुआ ग्राम पंचायत २ का ४५ वर्षीय दिप नारायण प्रसाद रहेको सशस्त्र प्रहरी क्षिनमस्ता वाहिनी, बर्दिबासले जनाएको छ ।
सशस्त्र प्रहरी क्षिनमस्ता वाहिनी, बर्दिबासबाट खटेको स्कवार्ड टोलीले विषेश सूचनाको आधारमा रौतहटको बौधिमाई नगरपालिका ९ सरमझुवाबाट स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपैयाँ दिपनारायणलाई पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाईकलमा अवैघ रुपमा ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएकोमा मोटरसाइकलको एक लाख मुल्यांकन सहित सहित थप कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएका छन् ।
Sponsored