TodayPati

मटिहानी नगरपालिकाद्वारा मरनी देवी सम्मानित

टुडेपाटी–
महोत्तरी, फागुन २४ गते ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मरनी देवीलाई मटिहानी नगरपालिकाले सम्मान गरेको छ ।

२०५८ सालमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाई कटपिट गरी गम्भीर घाइते बनाइएकी मरनीलाई नगरपालिकाले दोसल्ला र ५० हजार नगद सहित सम्मान गरेको छ ।

Sponsored

११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मंगलवार मटिहानी– ९ सिमरदहीकी मरनी देवीलाई सम्मान गरिएको हो ।

मटिहानी नगरपालिकाका उप–प्रमुख शिवो देवी साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्मा, कार्यपालिका सदस्यज्युहरु, महिला वड़ा सदस्यज्यूहरु, ओरेक नेपालका लीला दयाली लगायतका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *