धनुषामा विषालु सर्पले डँस्दा एक बालकको ज्यान गयो
टुडेपाटी-
जनकपुरधाम, फागुन २० गते ।
धनुषामा विषालु सर्पले डँस्दा एक बालकको ज्यान गएको छ ।
सबैला नगरपालिका वडा न.७ बस्ने विक्रम रायको छोरा ७ वर्षीय शेखर रायको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
बिहीबार दिउँसो ३ बजे खेतमा गएको बेला बालकलाई सर्पले टोकेको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ ।
बालक स्थानीय हनुमान प्राथमिक विद्यालय नवटोलीमा कक्षा २ मा अध्ययनरत्त थिए ।
Sponsored