महाशिवरात्रिमा बटेश्वरको भुवनेश्वरनाथ महादेव स्थलमा मेला, कलश शोभायात्रा सम्पन्न
टुडेपाटी-
जनकपुरधाम, फागुन १७ गते ।
महाशिवरात्रिको अवसरमा धनुषा बटेश्वर गाउँपालिका वडा नं. २ धुमासन टोलमा कलश शोभायात्रा सम्पन्न भएको छ । भुवनेश्वरनाथ महादेवस्थलमा कलश स्थापना गर्न कलश शोभायात्रा सम्पन्न भएको हो ।
महादेव स्थानबाट संयौ स्थानीय श्रद्धालु महिला सहभागितामा कलशसहित निस्किएको यात्रा गाउँको विभिन्न भागको परिक्रमा गरी कलश भरेर पुनः महादेव स्थान पुगेर सम्पन्न भएको स्थानीय कुशेश्वर महतोले जानकारी दिए ।
भुवनेश्वर महादेव स्थानमा वर्षेनी मेला सोमबारी तथा महाशिवरात्रिमा सांस्कृतिक कार्यक्रमसहित मेला आयोजन हुँदै आएको छ । यसवर्ष पनि धुमधामका साथ मेला आयोजन गरिएको स्थानीय राजकुमार महतोले बताए । पूजाअर्चना गर्न विबहानैदेखि भुवनेश्वर महादेव स्थलमा भीड लागेको छ ।
यस्तै बटेश्वरको वडा नं. ४ मा अवस्थित ऐतिहासिक बटेश्वरनाथ महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस स्थलमा पनि वर्षेनी सोमबारी तथा महाशिवरात्रिमा भव्य मेलाको आयोजन हुँदै आएको छ ।
Sponsored