साढे ९ लाख रुपैयाँ सहित महोत्तरीबाट भारतीय युवक पक्राउ
टुडेपाटी–
महोत्तरी, फागुन ११ गते ।
महोत्तरीबाट स्रोत नखुलेको साढे ९ लाख रुपैयाँ सहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको विहार राज्य सीतामढी जिल्लाको सिरसिया ग्रामपञ्चायतका २० वर्षीय दीपककुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
भारतबाट नेपाल प्रवेश गरेका युवकलाई महोत्तरी प्रहरले बुधवार अपरान्ह पक्राउ गरेको छ ।
बीआर ३० एबी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा कम्बलभित्र रातो प्लाष्टिकको झोलामा बेरिएर नेपाल ल्याउँदै गरेको रु नौ लाख ५० हजार मनरासिस्वा नगरपालिका–२ स्थित सीमानाका नजिकैको कट्टी गाउँमा खटिएका नेपाल प्रहरीले शङ्काका लागि जाँच गर्दा रकमसहित युवक पक्राउ परेका हुन् ।
स्रोत नखुलेको रकम, मोटरसाइकल र पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
Sponsored