अब सीडीओ बन्न कानूनको तालिम अनिवार्य
टुडेपाटी–
काठमाडौं, माघ २४ गते ।
अब प्रमुख जिल्ला अधिकारी हुनका लागि कानून सम्बन्धी ३ महिने तालिम अथवा स्नातक गरेको हुनुपर्ने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले जिल्ला हाँक्न जाने सीडीओले शान्ति सुरक्षाका अलावा कानूनी प्रक्रियाहरू पनि जान्नु पर्ने भएकाले यस्तो व्यवस्था गरेको बताए ।
अदालतको आदेशअनुसार सो मापदण्ड अवलम्बन गर्न अहिले तालिम चलिरहेको गृहमन्त्री बालकृष्ण खाँणले बताए ।
सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै खाँणले सो कुरा बताएका हुन् ।
‘प्रमुख जिल्ला अधिकारीका लागि सो मापदण्ड पालनामा संवेदनशील रहेको भन्दै मन्त्री खाँणले तीन महिने तालिम शुरुवात भएको बताए ।
Sponsored