TodayPati

सप्तरीमा नुहाउने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु

टुडेपाटी-
सप्तरी, चैत २५ गते ।
सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–१ को सिस्वाबेल्ही बस्ने ८ वर्षीया ममताकुमारी साह छन् ।

सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको बताइएको छ ।

डुबेर गम्भीर घाइते भएकी बालिकालाई स्थानीयवासीले उद्दार गरेका थिए । त्यसपछि उपचारको लागि पोलीक्लिनिक खरचुहियातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *