TodayPati

मधेश प्रदेशबाट ६०५ जना लागुऔषध सहित पक्राउ, ४० हजार भन्दा बढी ट्याब्लेट बरामद

टुडेपाटी–
जनकपुरधाम, माघ ९ गते ।

मधेश प्रदेशमा लागुऔषध सहित ६ सय ५ जना पक्राउ परेका छन् ।

पछिल्लो ६ महिनाको अवधिमा प्रदेशको आठ वटै जिल्लाबाट ६०५ जनालाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरीले जनाएका छन् ।

Sponsored

मधेश प्रदेशका प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले चालु आवको ६ महिनामा ५ सय ९४ पुरुष र ११ महिलालाई लागुऔषध सहित पक्राउ गरिएको बताए ।

यस अवधिमा प्रहरीले गाँजा १ हजार ७ सय १९ केजी, ब्राउन सुगर १३४ ग्राम, चरेस ४६ केजी, हिरोईन ८३ ग्राम, डाईलेक्स डिसी ९० लिटर, ट्याब्लेट ४० हजार ७ सय २८ पिस र इन्जेक्सन २२ हजार ४ सय ४६ पिस बरामद गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

करोडौँको भन्सार छलिको सामान बरामद

Sponsored

प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले ६ महिनाको अवधिमा करोडौँको भन्सार छलि गरेर नेपाल ल्याइएको सामान बरामद गरेको छ ।

साउन देखि पुससम्ममा प्रहरीले १८ करोड ८ लाख ५१ हजार १ सय ५६ रुपैयाँ बराबरको सामग्री बरामद गरेको प्रवक्ता कार्कीले जानकारी दिएका हुन् ।

प्रहरीले किराना सामग्री, विद्युतीय सामग्री, सवारी साधन र पार्टपुर्जा, लत्ताकपडा, फेन्सी तथा अन्य सामान, सुन र चाँदी बरामद गरेको र १ सय ४ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *