धनुषाको औरही गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
टुडेपाटी-
जनकपुरधाम, माघ ९ गते ।
धनुषाको औरही गाउँपालिका ६ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वडा नं. ६ का वडाध्यक्ष दिलीप प्रसाद साहको आयोजनामा कन्सलटेन्ट फिजिसियल डा. रविरंजन प्रधानको नेतृत्वमा चिकित्सकको एक टोलिले निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न गरेको हो ।
शिविरमा विभिन्न रोगका २ सय ५० जना बिरामीले लाभान्वित भएको आयोजकले जनाएको छ ।
शिविरमा बालरोग विशेषज्ञ डा. सतिश कुमार शर्मा, मेडिकल अफिसर डा. नन्दन साह, डा. रवि साह र फर्मासिस्ट विद् चंद महतोले उपचार सेवा प्रदान गरेका थिए ।
Sponsored