TodayPati

सप्तरीमा सुरक्षा मापदण्ड अपनाउन प्रशासनको आग्रह, बेवास्ता गरे कारबाही हुने

शुभनारायण यादव
सप्तरी , माघ १ गते

जिल्ला प्रशासन कार्यालय सप्तरीले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्ने कार्यमा सबैसँग अनुरोध गरेको हो ।

Sponsored

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा हस्ताक्षरित सूचनामा पछिल्लो समय सप्तरीमा संक्रमण दर बढेको देखिएको हुँदा जिल्लावासी तथा राजनीतिक दल, जनप्रतिनिधि एवं सम्बद्ध सबैलाई सार्वजनिक स्थलमा भिडभाड नगर्न, २५ जना भन्दा बढीको जुलुस, सभा, ¥याली, मेला, बैठक नगर्न नगराउन, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ । 

    पटक पटक अनुरोधलाई बेवास्ता गरिए कानुन बमोजिम कारबाही गर्न प्रशासन कार्यालय बाध्य हुने चेतावनी समेत दिएको छ  ।
                                        

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *