धनुषाबाट झण्डै १० लाख बराबरको भन्सार छलिका समान बरामद
टुडेपाटी-
जनकपुरधाम, माघ १ गते ।
धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलीका झण्डै १० लाख रुपैयाँ बराबरको समान बरामद गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका ४ स्थित मालपोत कार्यालय आउने बाटोमा भारतबाट भन्सार छली ल्याएका साडी, उनि मोजा, टोपी, स्काप, बच्चाको सर्ट, ज्याकेट, मोटरसाईकल गरी २ लाख ४४ हजार ८८० बराबरको समानहरू वेवारिसे अवस्थामा बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।
यस्तै शुक्रबार बिहान धनुषाको धनौजी गाउँपालिका १ स्थित सडक खण्डमा भारतबाट भन्सार छली ल्याएका पितल तथा स्टिलका भाडाकुडाहरू, सुती साडी, टावेल, लहंगा, सल, बच्चाको विभिन्न किसिमको कपडाहरू र मोटरसाईकल दुई वटा गरी ५ लाख ३२ हजार बराबरको समानहरू वेवारिसे अवस्थामा बरामद गरेको हो ।
दुबै स्थानबाट बरामद गरेको झण्डै १० लाख बराबरको सरसमान भन्सार कार्यालय जनकपुरमा कारबाहीको लागि जिम्मा लगाएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
Sponsored