तराई मधेशको बजारमा बढ्यो चिउरा, मुरही र सख्खरको व्यापार
विजय साह-
धनुषा, पुस ३० गते ।
तिला संक्राइत नजिकिएसँगै तराईका हटबजारमा तिल, चिउरा, मुरही र सख्खर( मिठ्ठा))कोे बिक्री बढेको छ ।
माघ १ गते माघे संक्रान्तिका दिन तराईबसी तिला संक्राइतका रुपमा मनाउ छन् । संक्राइतका दिन सख्खर मिसाएर बनाएको तिल, चिउरा, मुरही र जनेरको लड्डु खाने चलनले गर्दा पनि यहाँका हटियाहरुमा यि सामानहरुको बिक्री यतिखेर बढेको हो ।
धनुषाको सखुवाबजार, ढल्केवर, बिरेन्द्रबजार, सबैला, जनकपुरलगायत साना तथा ठूला हटियामा अन्य दिनको तुलनामा चिउरा,मुरही सख्खर बिक्री गर्ने पसलको सङ्ख्या पनि थपिएको छ ।
देशकै ठूलो हटिया सखुवाबजारमा अरुबेला तीन चार वटा चिउरा मुरहीका पसल देखिन्थ्यो भने अहिले दुई दर्जनभन्दा बढी पसल खुलेका छन् । यो समयमा चिउरा मुरहीको बिक्री बढी हुने भएकाले पसलको सङ्ख्या बढेको व्यापारीहरुले नै बताए ।
यस वर्ष चिउरा र मुरहीको मुल्य यथावत् भएपनि तिलको मुल्यमा कमी आएकोे छ । प्रति किलोग्राम चिउरा ५५ र मुरही ८० रुपैयाँमा बिक्री भइरहेको छ भने अधिल्लो वर्ष तीन सय रुपैयाँसम्ममा बिक्री भएको तिलको मुल्यमा कमी भएर २०० देखि २२० सम्म बेचबिखन भइरहेको व्यापारी रामबाबू साहले जनाए ।
Sponsored
यस्तै सख्खरको मुल्यमा वृद्धि भएको छ । अधिल्लो वर्ष यही सिजनमा ६० देखि ७० रुपैयाँमा बिक्री भएको सख्खरको मुल्य बढेर ९० देखि एक सय रुपैयाँमा बिक्री भइरहेको सख्खर व्यापारी सरिता महताले जानकारी दिए ।
चिउरा र मुरहीको बिक्री बढेपछि उत्पादन गर्ने उद्योगलाई भ्याइनभ्याई छ । मिथिला नगरपालिका २ हजारा चौकस्थित राजदेवी चिउरा उघोग अहिले दैनिक छ हजार किलोग्राम चिउरा र सात हजार किलोग्राम मुरही उत्पादन गरिरहेको छ । सामान्य दिनमा भने दैनिक चार हजार किलोग्राम चिउरा र पाँच हजार किलोग्राम मुरही उत्पादन गर्दैआएको थियो ।
उधोग सञ्चालकले बिक्रीको चाप देखेर उधोग सञ्चालनको समयअवधि समेत थप गरेको छ । सामान्य अवस्थामा देनिक ८ देखि १० घण्टा सञ्चालन हुने उघोग अहिले दैनिक १७ देखि १८ घण्टासम्म सञ्चालन गरिरहेको राजदेवी च्यूरा मिलका सञ्चालक सागर साहले बताए।
जिल्लामा आधा दर्जनको हाराहारीमा चिउरा र मुरहीका उधोगहरु छन् । सबै उधोगहरुले यतिबेला उत्पादन बढाएका छन् ।
हटियामा तरुल, सख्खरखण्ड, पिँडालु र कन्दमुलको बिक्री पनि राम्रो छ । विशेष गरी पहाडका वासिन्दाले माघे संक्रान्तिमा उपभोगमा ल्याउन यि सामाग्री पछिल्लो समय तराईवासीले समेत प्रयोग गर्न थालेका छन् ।
मिथिलाञ्चलमा तिला संक्राइतका दिन खिचडी, मुरही, चिउरा तिलको लड्डु खाने अनिवार्यता रहेको छ । माघे संक्रान्तिका दिन उपभोग गर्ने लड्डुहरु भने पुस महिनाको अन्तिम राति बनाइन्छ ।
यसरी बनाइएको तिल, चिउरा र मुरहीका लड्डु विवाहित चेलीबेटीहरुको घरमा कोसेलीको रुपमा पु¥याउन समेत चलन छ ।
नेपालीहरुको प्रमूख चाड मध्ये एक महत्वपूर्ण चाड माघे संक्रान्ति विभिन्न समुदायमाझ आ–आफ्नै नामबाट यो पर्व मनाइन्छ ।
थारू समुदायले ‘माघी’ पर्वका रूपमा यसलाई मनाउँछन् । मगर समुदाय यस दिन तीरको निशाना लगाउने खेल ‘आर्चरी’ खेलेर रमाउँछन् । नेपालभर तरुल र सखरखण्डका स्वादिला परिकार पाक्छन् ।
यी दुवै मुलुकभर लोकप्रिय कन्दमुल हुन्।
नेवार समुदायमा घ्यू चाकु प्रख्यात छ । मकर संक्रान्तीमा उक्त परिकार नपाक्ने नेवार परिवार कमै होलान् । नेपालीमाझ तीलको लड्डु पनि लोकप्रिय छ ।