सिरहाको बरियारपट्टी गाउँपालिका कार्यालयमा तालाबन्दी
टुडेपाटी–
सिरहा, पुस २७ गते ।
सिरहाको बरियारपट्टी गाउँपालिका कार्यालयमा स्थानीय राजनीतिक दलले तालाबन्दी गरेका छन् ।
पुरानो परीक्षाको नतिजा प्रकाशन नै नगरी विभिन्न पदमा नयाँ विज्ञापन गरेर परीक्षा लिन लागेको भन्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सोमबार तालाबन्दी गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले थाहा पाउने वित्तिकै गाउँ पालिकाको सरोकारवाला र आन्दोलन कारी संग छलफल गरेका छन् ।
छलफलमा पहिले बिज्ञापन गरेको कार्यालय सहयोगी पदको नतिजा प्रकाशन गर्न र नयाँ बिज्ञापन प्रशासनको रोहबरमा प्रकाश गर्न सहमत भएको जनाइएको छ ।
Sponsored