प्रदेश २ मा जाडोबाट बच्न घुर र ओमिक्रोनबाट बच्न बोर्ड लगाउँदै सशस्त्र प्रहरी
टुडेपाटी-
जनकपुरधाम, पुस २४ गते ।
प्रदेश २ मा बढेको अत्यधिक चिसो र फैलिँदै गएको ओमिक्रोन भेरिएण्टबाट नागरिकलाई बचउन सशस्त्र प्रहरीले अभियान थालेको छ ।
शुक्रबारदेखि प्रदेश २ को आठवटै जिल्लामा जाडोबाट बच्न दाउरा बाल्ने र ओमिक्रोन भेरिएन्टबाट बच्न सचेतना फैलाउने अिभयान थालेको हो ।
कोरोना तथा ओमिक्रोन भेरिएन्टबाट बच्न संदेश फैलाउने उद्देश्यले ठाउँठाउँमा होडिंग बोर्ड राख्ने काम थालेको छ ।
यस्तै चिसो प्रभावित विपन्न वस्ती तथा ठाउँहरुमा जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी दाउरा (घुर) बाल्ने अभियान थालेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडा मगरले बताए ।
प्रदेको आठवटै जिल्लामा रहेको सशस्त्र प्रहरीको १८२ वटै युनिटले नागरिको स्वास्थ्यको लागि सचेतना तथा दाउरा बाल्नले अभियान थालेको डिआइजी मगरको भनाइ छ । ओमिक्रोन भेरिएण्टबाट बच्न समेत नागरिकलाई अपनाउनु पर्ने मापदण्डको विषयमा संदेश प्रवाह गर्ने गरिएको उनले बताए ।
Sponsored
एक हप्तादेखि तराईमा चिसो बढेको छ । जसको कारण विपन्न, वृद्ध तथा बालबालिकाहरु बढी प्रभावित भएका छन् ।