प्रदेश २ : अग्निपीडित परिवारलाई राहत
शुभ नारायण यादव-
सप्तरी, पुस १३ गते।
धर्मी हल्फा महिला विकास क्लव सप्तरीले आगलागीको घटनामा पीडित भएका परिवारलाई राहत वितरण गरेको छ ।
सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नंं.–१० बनौला रंजितपुरका अग्निपीडितहरू दानवीर यादव, बलवीर यादव र बद्रीनारायण यादवको परिवारलाई राहत स्वरुप क्लवले विभिन्न सामग्रीहरु वितरण गरेका हुन् ।
अग्निपीडित परिवारलाई राहत स्वरुप त्रिपाल, झुल ,तन्ना, धोती, साड़ी, थाल, गिलास, कराही, डेकची, छोलनी लगायतका सामाग्रीहरु वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी सूर्य नारायण यादवले जानकारी दिए ।
गत पुस १० गते आगलागी हुँदा ५ लाखभन्दा बढीको क्षति भएको थियो ।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय पातोका प्रमुख प्रहरी नायव निरीक्षक अमिरी यादव, नेपाली कांग्रेसका नेता भगवति यादव, पत्रकार द्वय महेंद्र सदा र श्याम सुन्दर यादव, टेक नारायण यादव, मिस्री लाल यादव लगायतका स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियोे ।
Sponsored