प्रदेश २ : घरायसी विवादमा श्रीमतीले चिर्पट प्रहार गर्दा श्रीमानको मृत्यु
टुडेपाटी–
सिरहा, पुस ८ गते ।
सिराहामा घरायसी विवादमा श्रीमतीले श्रिमानको हत्या गरेको छ ।
जिल्लाको धनगढीमाई नगरपालिका– १४ मड्यानमा श्रीमतीले दाउराको चिर्पटले श्रीमानको टाउकोमा हान्दा गम्भीर घाइते भएका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत मंगलबार अपराह्न घरायसी विवादका क्रममा श्रीमती ३७ वर्षीया हर्कमाया विश्वकर्माले चिर्पटले हान्दा अत्यधिक रक्तश्राव भई गम्भीर घाइते भएका करिब ४० वर्षीय टेकबहादुर विश्वकर्माको बुधबार साँझ मृत्यु भएको हो ।
घाइते विश्वकर्मालाई एक दिनपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। शव पोस्टमार्टमका लागि लहान ल्याइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कैलाश खत्रीले जानकारी दिए।
उनीहरूको झगडा हुनुको कारण नखुलेको प्रहरीले जनाएको छ। चिर्पट प्रहार गर्ने हर्कमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Sponsored