ट्राफिक प्रहरीद्वारा जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
टुडेपाटी–
जनकपुरधाम, पुस ४ गते ।
ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
ट्राफिक प्रहरीबिट मुजेलियामा आइतबार बिहान निःशुल्क स्वास्थ्य शिविर आयोजन गरेको थियो ।
शिविरमा रामजानकी हस्पिटलका डा. श्रीराम शर्माले बिरामीहरुको स्वास्थ्यजाँच गरेका छन् ।
सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक नवराज न्योपाने, ट्राफिक प्रहरी बिट मुजेलियाका प्रहरी सहायक निरीक्षक राजिव तिवारी लगायतको उपस्थिति रहेको थियो ।
Sponsored