प्रदेश २ : जवरजस्ती करणीको मुद्दा लगाइदिन्छु भनी ठगी गर्ने एक महिला सहित दुईजना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, पुस ४ गते ।
जवरजस्ती करणीको मुद्दा लगाई दिन्छु भनी ठगि गरेको आरोपमा सप्तरीमा एक महिला सहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–९ लालपट्टीका ३२ वर्षीय मो. रहमान मियाँ र २५ वर्षीया रुबिना खातुन रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दुवैजनालाई पिडितको जाहेरीको आधारमा पक्राउ गरिएको प्रवक्ता काफ्लेले जनाएका छन् ।
रुबिना खातुन र रहमान मिँया मिलेर पिडितसँग एक लाख ठगेका छन् ।
रुबिना खातुनले आफ्नो मोबाइलबाट खडक नगरपालिका वडा नं. ९ कै समसुल मियाँको श्रीमती गुलेसा खातुनको मोबाइलमा फोन गरी तिम्रो लोग्नेले मलाई जवरजस्ती करणी गरेको मुद्धा मिलाउने हो भने मलाई ४ लाख रुपैयाँ दिनुपर्छ भनि बार्गेनिङ्ग गरेकी थिइन् । रुपैया नदिए जवरजस्ती करणी मुद्धा लगाई श्रीमानलाई जेल पठाईदिन्छु भनेर रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । रुबिनाले गुलेसासँग २ लाख बार्गेनिङ गरी मंसिर १० गते १ लाख रकम लिई ठगी गरेको प्रवक्ता काफ्लेले जनाएका छन् ।
Sponsored
प्रहरीमा उजुरीपरेपछि अनुसन्धानको क्रममा दुवैजनालाई पक्राउ गरिएको छ । अनुसन्धानको क्रममा रुबिनाले बिदेशबाट आएका केटाहरुलाइ फोनमा सम्पर्क गरी सम्पर्कमा ल्याई यस्तै किसिमले बार्गेनिङ गरी फसाउने गरेको खुलेको प्रवक्ता काफ्लेले बताए ।