सिरहामा दुई समूहबीच छुरा हानाहान : एक युवकको मृत्यु, एक गम्भीर
टुडेपाटी-
सिरहा, पुस ४ गते ।
सिरहामा दुई समूहबीच छुरा हानाहान हुँदा एक युवकको ज्यान गएको छ ।
गोलबजार नगरपालिका ६ डोहटियामा शनिबार साँझ दुई समूहबीच भएको छुरा हानाहान भएको हो ।
जसमा छुरा प्रहारबाट स्थानीय २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा धनगढीमाई नगरपालिका ९ स्थित रहेको आरके मेरिसीटी अस्पताल भएको हो ।
छुरा प्रहारबाट घाइते स्थानीय १९ वर्षका युवक निकेश सदाको सोहि अस्पतालमा उपचार भइरहेको छ ।
Sponsored
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।