TodayPati

सप्तरीको राजविराज कारागारमा एक कैदीको मृत्यु

शुभ नारायण यादव
सप्तरी, पुस २ गते ।

सप्तरीको राजविराज स्थित कारागारमा हृदयघातबाट एक जना कैदीको मृत्यु भएको छ ।

सुनसरीको दुहबी नगरपालिका वडा नं. ४ का ५८ बर्षिय उद्धव प्रसाद खतिवडाको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

सरकारी कागजात किर्ते गरेको मुद्दामा खतिवडा २०७५ साल साउन १७ गते राजविराज कारागारमा आएको कारागारका निमित्त जेलर सन्दिप कुमार देवले जानकारी दिए ।

कैदी खतिवडालाई अचानक हृदयघात भएपछि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको तथा उपचारको क्रममा मृत्यु भएको जेलर देवले बताए ।

मृतक कैदीको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Sponsored

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *