TodayPati

मुक्तिनाथ विकास बैंक राजविराज शाखाद्वारा घरदैलो कार्यक्रम

शुभ नारायण यादव
सप्तरी, मंसिर २६ गते ।

मुक्तिनाथ विकास बैंक राजविराज शाखाले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।

बैँकले सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित सखरा बजारमा वृहत घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । छिन्नमस्ता गाउँपालिका वडा नं.३ मा रहेको मुलुकमै प्रसिद मानिएको छिन्नमस्ता भगवतिको प्राङणमा आउने सयभन्दा बढि भक्तजनहरुलाई बैँकले मन्दिरको विषेशता बारेमा जानकारी दिएको थियो ।

Sponsored

नेपाल रास्ट्र बैंक द्वारा ‘ख’ वर्गको मान्यता प्राप्त मुक्तिनाथ बैंकले देश भर १६६ शाखा तथा २२ एटिएमवाट सेवा दिदै आइरहेको शाखा प्रबन्धक नन्द किशोर गुप्ताले जानकारी दिए ।

शाखा प्रबन्धक गुप्ताले यस बैंकमा अहिले उत्कृष्ट बचत खाताको विशेष माग रहेको जसमा १० लाख सम्मको दुर्घटना विमाका साथ सर्वाधिक ६.४० प्रतिशत सम्म व्याज रहेको बताए । उनले बैँकले मुद्दतीमा १०.२५ प्रतिशतसम्म व्याज दिँदै आइरहेको समेत जानकारी दिए ।

Sponsored

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *