TodayPati

सप्तरीका सामुदायिक विद्यालयहरुमा सरोकारवाला निकायद्वारा अनुगमन

शुभ नारायण यादव
सप्तरी, मंसिर २१ गते ।

सप्तरीका सामुदायिक विघालयहरुको अवस्था खस्किदै गएपछि जिल्लाका सरोकारवाला निकायहरुले अनुगमन गरेका छन् ।

जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव, शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख बिजय मण्डल लगायतका टोलिद्वारा सप्तरीका दक्षिणी भेगका सामुदायिक विघालयहरुमा अनुगमन गरिएको हो ।

Sponsored

जस अन्तर्गत सप्तरीको छिन्नमस्ता भुपेन्द्र संस्कृत मा.वि.सखडा, जनता मा.वि. इटहरी बिष्णुपुर, हाटी, राष्ट्रिय अधारभुत विद्यालय, मझौह बिष्णुपुर गाउँपालिका वडा नं. ५ र रा. प्रा. वि. कोचाबखारी लगायतका विद्यालयहरुको निरीक्षन र अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा त्यस भेगका सामुदायिक विद्यालयहरुमा केही कमि कमजोरी देखिएको र सो कमी कमजोरीहरुलाई सुधार गर्ने प्रधानाध्यापकहरुबाट प्रतिबद्धता व्यक्त गरिएको समन्वय समितिका सभापति प्रभाकर यादव मनोजले जानकारी दिए ।

साथै यस अनुगमन तथा निरीक्षण कार्यलाई निरन्तरता दिने तथा सप्तरीका सामुदायिक विघालयहरुमा देखिएको समस्याहरुलार्इ समाधान गर्ने बताए ।

Sponsored

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *