TodayPati

प्रदेश २ : प्रतिबन्धित औषधि बेच्ने फार्मेसीमा सिलबन्दी

टुडेपाटी–
वीरगञ्ज, मंसिर २१ गते ।

सर्लाहीमा प्रतिबन्धित औषधि बेच्ने सरस्वती अस्पतालभित्रको फार्मेसीमा औषधी व्यवस्था विभागले सिलबन्दी गरेको छ ।

प्रतिबन्धित र अनुमति नभएको औषधि बेचेको पाइएपछि राजीव मेडिकल हललाई सिलबन्दी गरिएको हो ।

Sponsored

औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट खटेको टोलीले मेडिकलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सञ्चालकले फार्मेसीको दर्ता प्रमाणपत्रसमेत देखाउन नसकेको फार्मेसी निरिक्षक दीपेन साहले जानकारी दिए ।

‘पसलबाट प्रिगआउट, क्लोबेटा जीएमलगायत १० प्रकारका दर्ता नभएका तथा प्रतिबन्धित औषधि बिक्री हुने गरेको देखिएको र सञ्चालन अनुमति पत्र समेत नभएपछि फार्मेसीलाई तत्कालै सिल गरेर सञ्चालकलाई औषधि व्यवस्था विभाग वीरगञ्जमा सम्पूर्ण कागजातसहित उपस्थित हुन निर्देशन दिएको साहले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *