प्रदेश २ : मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि प्रहरीविरुद्ध आन्दोलन
टुडेपाटी–
रौतहट, मंसिर २० गते ।
रौतहटमा मोटरसाइकलको ठक्कर बाट एकजनाको मृत्यु भएपछि स्थानीयहरुले प्रहरी विरुद्ध आन्दोलन सुरु गरेको छ । प्रहरीले चालकलाई भगाएको भन्दै आन्दोलन सुरु भएको छ ।
मोटरसाइकलको ठक्करबाट दुर्गा भगवती ३ मत्सरीको १६ वर्षीय सन्तकुमार झाको मृत्यु भएपछि प्रहरीले चालकलाई भगाएको भन्दै मृतकका आफन्त तथा स्थानीय पिपरा गौर सडक खण्डमा टायर बालेर बाटो अवरुद्ध गरि प्रदर्शनमा उत्रेका छन् ।
मोटरसाइकल शनिवार दिउँसो ३ बजे ठक्कर दिँदा झा गम्भीर घाइते भएका थिए ।
टाउकोमा चोट लागेका झालाई गाउँमा सामान्य उपचारपछि थप उपचारको क्रममा काठमाडौं लगेकोमा शनिवार राति १ बजे उपचारको क्रममा मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
प्रहरीले सिसिटिभी फुटेजमा बालकलाई ठक्कर दिने सनराइज बैंक दुर्गा भगवती शाखामा कार्यरत गार्ड गंगा पिपराका रविन्द्र साह रहेको पुष्टि गरेका थिए । बालकको मृत्यु भएपछि प्रहरीले निजलाई नियन्त्रणमा जाँदा उनी भग्न सफल भएको प्रहरीले जनाएको छ।
Sponsored
साहलाई अविलम्ब पक्राउ गर्नुपर्ने मागसहित सोमबार बिहान ८ बजेदेखि बाटो अवरुद्ध गरेर मृतकका आफन्तहरु अहिले गंगपिपरामा प्रदर्शन गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बिनोद घिमिरेले आरोपीलाई पक्राउ गर्नेबारे प्रहरी गम्भीर रहेको र मृतकका आफन्तसँग वार्ता भइरहेको जानकारी दिए ।